Saturday, May 28, 2016

अघि बढ्नुपर्छ । तर ती सब राष्ट्रिय आदर्श आ

स जानुपर्‌यो र असम्भव सुनौला मृगको छलका पछि दौडिनुपर्‌यो, लंका प्रवासमा पुग्नुपर्‌यो । तर अन्त्यमा भगवान् रामचन्द्रले लंकामा विभीषण र लक्ष्मणको प्रस्तावलाई दुत्कार्दै भनेका थिए– सुनैसुनको राज्य भए पनि लंका मेरा लागि प्रिय छैन– म आफ्नै अयोध्या फर्कन्छु । मलाई मेरै अयोध्या स्वर्गभन्दा महान् छ । हो, हामीले पनि हाम्रो जीवनमा आफ्नो मातृभूमिप्रति त्यस्तै महानतम् भावना राख्नुपर्छ । हामी सबैमा त्यस्तै राष्ट्रप्रेम हुनुपर्छ ।
 
देशका विभिन्न भूभाग र धर्मस्थलको यात्रा क्रममा देखेको–सुनेको कुराबाट मैले अनुभव गरेको विषय हो– देश निरन्तर जर्जर हुँदैछ र देशवासीहरू निरन्तर धर्मरमा पर्दै गएका छन् । लोकतन्त्रले लोकको हित गर्नुपर्छ, जनताको जीउधनको सुरक्षा गर्नुपर्छ, समाजमा शान्ति र समृद्धिको स्थिति बनाउनुपर्छ अनि साँचो प्रजातन्त्रको आडमा सबै वर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ । तर ती सब राष्ट्रिय आदर्श आज किन भताभुंग हुँदैछन् ? प्रश्न सबैतिर यही छ ।
समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवनक्रममा पनि आरोहअवरोह आउँछन् । मलाई संविधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ ।जुनसुकै हैसियतमा पनि म जन्मभूमिलाई कर्मभूमि ठान्छु ।
 
राष्ट्र रहे हामी रहन्छौं र हामी ठीक ठाउँमा, ठीक ढंगले रहे राष्ट्र रहन्छ । त्यसैले राष्ट्र बचाउन, राष्ट्रियताको संवद्र्धन गर्न र सबै राष्ट्रवादीको दुःखदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ । सही, स्वच्छ र समन्वयकारी नेतृत्व चाहिन्छ । सबैको सर्वमान्य दरो मियो चाहिन्छ । जनताको आशा, भरोसा र आस्थाको पर्खाल उसै भत्काएर हुँदैन– त्यसमा जनताको अन्तर्मनको ज्ञान पनि बुझ्नुपर्छ । नेपाली जनताको मन कताकता यस्तैयस्तै कुराले आज खिन्न र खण्डित बन्दै गएको मेरो अनुभव छ । राष्ट्रिय गतिविधि निरन्तर ऊध्र्वगामी हुनुपर्छ– अधोगामी होइन । यसका निमित्त निरन्तर निश्चित गतिमा राष्ट्रिय वि

No comments:

Post a Comment